Monday, January 27, 2020

कालिन्चोक माविमा व्यवसायिक तालिम सिक्ने सुवर्ण अवसर

के तपाईँ विभिन्न सीपहरु सिकेर स्वरोजगार बन्न चाहनुहुन्छ ?

यदि चाहनुहुन्छ भने, कालिन्चोक मावि चरिकोटमा CTEVT को सहयोगमा विभिन्न विधाका व्यवसायिक तालिमको व्यवस्था छ:

व्यवसायिक तालिम कार्यक्रमहरुः

१) कम्प्युटर रिपेयरिङ एण्ड मेन्टिनेन्स टेक्निसियन 
२) प्लम्बिङ
३) इलेक्ट्रिकल


आवश्यक संख्याः प्रत्येक कार्यक्रममा २०/२० जना
अवधिः ३९० घण्टा (प्रत्येक दिन ६ घण्टाका दरले कम्तीमा ६५ दिन)
आवेदन दिने मितिः २०७६ माघ १३ गतेदेखि २३ गतेसम्म (कार्यालय समय)
सहभागी छनोट मितिः २०७६ माघ २४ गते
तालिम कक्षा सञ्चालनः २०७६ फागुन ४ गतेदेखि
स्थानः कालिन्चोक मावि, चरिकोट

प्रशिक्षार्थीको योग्यताः 


  • १६ वर्ष पूरा भएको, नेपाली नागरिक
  • यसअघि सोही तहको सीप परीक्षणमा सहभागी नभएको 
  • व्यवसायको माग बमोजिमको कार्य गर्न सबल रहेको
  • कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको 

आवश्यक कागजातहरुः 


  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
  • कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको योग्यताको प्रमाणपत्रको प्रतिलिपि

विशेष प्राथमिकताः तालिममा विपन्न, सुविधा बिहीन, दुर्गम तथा पिछडिएको क्षेत्रमा बसोबास गर्ने समुदाय, लोपोन्मुख, अतिसीमान्तकृत, सीमान्तकृत, जनजाति, महिला, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।

पुनश्चः प्रशिक्षार्थीहरुलाई दैनिक खाजा भत्ताको मात्रै व्यवस्था हुनेछ ।

विस्तृत जानकारीको लागिः मोबाइल नंः ९८४४३२८४१७, ९८६४००१४००


नवराज न्यौपाने
प्रधानाध्यापक

No comments:

Post a Comment