फागुन ४
दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सहयोगमा सञ्चालित छोटो अवधिको व्यवसायिक तालिम आजबाट सुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले गरेका छन् ।
तालिम कम्प्युटर हार्डवेयर टेक्निसियन, इलेक्ट्रिकल र प्लम्बिङ विषयमा सञ्चालन हुनेछ । हरेक विषयमा २०/२० जना सहभागी रहेका छन् ।
हरेक विषयमा ३ महिनाभित्र ६५ दिनको अवधिमा कूल ३९० घण्टा तालिम हुनेछ । तालिमपछि प्रशिक्षार्थीले सीप परीक्षण प्रमाणपत्र समेत प्राप्त गर्नेछन् ।
तालिमको प्रशिक्षकहरुमा कम्प्युटर हार्डवेयर टेक्निसियनतर्फ इन्जिनियर सौगात थापा र सोम मगर, त्यसैगरी प्लम्बिङमा भविन्द्र थापा र रामहरि नेपाल, त्यस्तै इलेक्ट्रिकलमा इन्जिनियर राजेन्द्रप्रसाद चौधरी र एकलव्य तामाङ रहेका छन् ।

No comments:
Post a Comment