Showing posts with label गतिविधि. Show all posts
Showing posts with label गतिविधि. Show all posts

Sunday, February 16, 2020

कालिन्चोक माविमा CTEVT को छोटो अवधिको तालिम सुरु

फागुन ४

दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सहयोगमा सञ्चालित छोटो अवधिको व्यवसायिक तालिम आजबाट सुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले गरेका छन् ।
तालिम कम्प्युटर हार्डवेयर टेक्निसियन, इलेक्ट्रिकल र प्लम्बिङ विषयमा सञ्चालन हुनेछ । हरेक विषयमा २०/२० जना सहभागी रहेका छन् ।

Thursday, January 30, 2020

कालिन्चोक माविमा सरस्वती पूजा (फोटो फिचर)

माघ १६ (वसन्तपञ्चमी)

कालिन्चोक मावि चरिकोटका शिक्षक तथा विद्यार्थीहरुले भव्य रुपमा सरस्वती पूजा गरेका छन् । आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको दिन विद्यालय प्राङ्गणमा रहेको सरस्वती मन्दिर परिसरमा भेला भई शिक्षक तथा विद्यार्थीहरुले पूजाआजा गरेका हुन् ।






















Wednesday, December 18, 2019

कालिञ्चोक माविको ४९ औँ वर्षगाँठ : शिक्षा पत्रकारिता पुरस्कार गौतमलाई





दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालयले ४९ औँ वर्षगाँठ मनाएको छ । विसं २०२८ मा स्थापना भएको बिद्यालयले आज ४९ औँ वार्षिक दिवस भव्य रुपमा मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले समारोहको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा नगरले सबैभन्दा धेरै लगानी गरेको दाबी गरे । नगरपालिकाले दिवा खाजा, निशुल्क पोसाक र बिद्यार्थीलाई खेलमा आबद्ध गराउन विभिन्न प्रतियोगिता आयोजना गरेको स्पष्ट पारे ।

Sunday, December 8, 2019

कालिन्चोक माविका ६ विद्यार्थीलाई छात्रवृत्ति


दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा अध्ययनरत ६ जना विद्यार्थीलाई सुजन–परिता एजुकेसन फाउण्डेसन अमेरिकाले छात्रवृत्ति प्रदान गरेको छ ।
कालिन्चोक माध्यमिक विद्यालय, चरिकोटबाट एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीलाई फाउण्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । ६ जनामध्ये सर्वोत्कृष्ट एक छात्रा र एक छात्रलाई ल्यापटप र जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने अन्य ४

Sunday, December 1, 2019

कालिन्चोक माविका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

कालिन्चोक माध्यमिक विद्यालयका नवआगन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
कालिन्चोक मावि कक्षा १२ को सबै संकायमा अध्ययन गर्ने विद्यार्थीहरु तथा सीटीइभीटीको सम्बन्धनमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङ दोस्रो वर्षका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेका हुन् । यो वर्ष कक्षा ११ मा भर्ना भएका सबै संकायका विद्यार्थीहरु

कालिन्चोक माविमा रक्तदान कार्यक्रम

कालिन्चोक माध्यमिक विद्यालयले विद्यालय जुनियर रेडक्रस सर्कल तथा चरिकोट बहुमुखी क्याम्पसको समेत आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले गर्नुभएको हो । उहाँले ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत दोलखा जिल्लामा हुने रक्त अभावलाई ध्यान दिँदै