कालिन्चोक मावि कक्षा १२ को सबै संकायमा अध्ययन गर्ने विद्यार्थीहरु तथा सीटीइभीटीको सम्बन्धनमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङ दोस्रो वर्षका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेका हुन् । यो वर्ष कक्षा ११ मा भर्ना भएका सबै संकायका विद्यार्थीहरु
र डिप्लोमा इन सिभिल इन्जिनियरिङ पहिलो वर्ष तथा यसै वर्षदेखि सञ्चालित डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुको लागि स्वागत कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गीत, नृत्य, प्रहसनको प्रस्तुती गरिएको थियो । उक्त अवसरमा मिस्टर फ्रेसर र मिस फ्रेसर २०७६ कार्यक्रम पनि आयोजना गरिएको थियो सो प्रतिायोगितामा क्रमश प्रथम वर्षका विष्णु शिवाकोटी र सुमिना न्यौपाने चुनिएका थिए । उक्त कार्यक्रमको निर्णायक समितिमा शिक्षक द्वय किरण पाख्रीन र रामशरण गौतम रहनुभएको थियो ।
डिप्लोमा इन सिभिल इन्जिनियरिङ दोस्रो वर्षका महेश भुजेलको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा सबै संकायका विद्यार्थी प्रतिनिधिहरुले मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक नवराज न्यौपाने र विशेष अतिथि चरिकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णबहादुर गौतमले विद्यालयमा यो नयाँ खाले कार्यक्रम भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा समेत सघाउ पु¥याउने बताउनुभयो ।
No comments:
Post a Comment