हाम्रो बारे

दोलखा जिल्ला सदरमुकाम चरिकोटमा अवस्थित कालिन्चोक माध्यमिक विद्यालय २०२८ सालमा स्थापना भएको हो। सुरुमा कक्षा ७ सम्म सञ्चालित यो विद्यालयले २०३७ माघ ७ बाट माध्यमिक तहको स्वीकृति पाएको हो। हालको पशुपति कन्या मन्दिर मावि रहेको स्थानमा सुरुदेखि सञ्चालन भएको विद्यालय २०३८ सालदेखि हालको लामाचौरमा सञ्चालन हुँदै आएको छ।

२०६४ सालदेखि विज्ञान विषयमा कक्षा ११ सञ्चालन भएको हो भने २०६५ सालदेखि व्यवस्थापनशिक्षा र मानविकी संकायमा पनि कक्षा ११ को अध्यापन सुरु गरियो।


हाल शिक्षाशास्त्र संकायमा अंग्रेजीगणितविज्ञानस्वास्थ्यजनसंख्या लगायतका विषयहरुमा अध्यापन हुँदै आएको छ भने मानविकी संकायमा पत्रकारितासमाजशास्त्र र ग्रामीण विकास ऐच्छिक विषयको रुपमा अध्यापन हुँदै आएको छ। त्यस्तै विज्ञान र व्यवस्थापन संकायमा निर्धारित विषयहरुका साथै कम्प्युटर विषय पनि अध्यापन हुने गरेको छ।

२०७५ सालदेखि यस विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा Diploma in Civil Engineering (३ वर्षे) कक्षा सञ्चालन हुँदैआएको छ। त्यसैगरी २०७६ सालदेखि Diploma in Computer Engineering (३ वर्षे) कक्षा समेत सञ्चालन हुँदै आएको छ।

यो विद्यालयले २०७६ को शैक्षिक वर्षदेखि नमुना विद्यालयको कार्यक्रम पाई कार्यान्वयनको चरणमा रहेको छ।

यसै विद्यालयको परिसरमा चरिकोट बहुमुखी क्याम्पस पनि सञ्चालनमा छ। क्याम्पसमा शिक्षाशास्त्रव्यवस्थापन तथा मानविकी संकाय सञ्चालित छ।

No comments:

Post a Comment