Monday, June 15, 2020

शिक्षण सिकाइमा सहभागी हुन विद्यार्थीलाई सूचना

यस कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटमा अध्ययनरत कक्षा ५, ६, ७ का विद्यार्थीहरुको लागि विश्वव्यापी महामारी COVID-19 को संक्रमणलाई ध्यानमा राखी उनीहरुको शिक्षण सिकाइमा सहजीकरणका लागि तपसिलका विषय शिक्षकहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

तपसिल



शिक्षण सिकाइमा सहभागी हुन विद्यार्थीलाई सूचना

यस कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटमा अध्ययनरत कक्षा ८, ९, १० का विद्यार्थीहरुको लागि विश्वव्यापी महामारी COVID-19 को संक्रमणलाई ध्यानमा राखी उनीहरुको शिक्षण सिकाइमा सहजीकरणका लागि तपसिलका विषय शिक्षकहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

तपसिल



Sunday, February 16, 2020

कालिन्चोक माविमा CTEVT को छोटो अवधिको तालिम सुरु

फागुन ४

दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सहयोगमा सञ्चालित छोटो अवधिको व्यवसायिक तालिम आजबाट सुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले गरेका छन् ।
तालिम कम्प्युटर हार्डवेयर टेक्निसियन, इलेक्ट्रिकल र प्लम्बिङ विषयमा सञ्चालन हुनेछ । हरेक विषयमा २०/२० जना सहभागी रहेका छन् ।

Thursday, January 30, 2020

कालिन्चोक माविमा सरस्वती पूजा (फोटो फिचर)

माघ १६ (वसन्तपञ्चमी)

कालिन्चोक मावि चरिकोटका शिक्षक तथा विद्यार्थीहरुले भव्य रुपमा सरस्वती पूजा गरेका छन् । आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको दिन विद्यालय प्राङ्गणमा रहेको सरस्वती मन्दिर परिसरमा भेला भई शिक्षक तथा विद्यार्थीहरुले पूजाआजा गरेका हुन् ।






















Monday, January 27, 2020

कालिन्चोक माविमा व्यवसायिक तालिम सिक्ने सुवर्ण अवसर

के तपाईँ विभिन्न सीपहरु सिकेर स्वरोजगार बन्न चाहनुहुन्छ ?

यदि चाहनुहुन्छ भने, कालिन्चोक मावि चरिकोटमा CTEVT को सहयोगमा विभिन्न विधाका व्यवसायिक तालिमको व्यवस्था छ:

व्यवसायिक तालिम कार्यक्रमहरुः

१) कम्प्युटर रिपेयरिङ एण्ड मेन्टिनेन्स टेक्निसियन 
२) प्लम्बिङ
३) इलेक्ट्रिकल

Wednesday, December 18, 2019

कालिञ्चोक माविको ४९ औँ वर्षगाँठ : शिक्षा पत्रकारिता पुरस्कार गौतमलाई





दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालयले ४९ औँ वर्षगाँठ मनाएको छ । विसं २०२८ मा स्थापना भएको बिद्यालयले आज ४९ औँ वार्षिक दिवस भव्य रुपमा मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले समारोहको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा नगरले सबैभन्दा धेरै लगानी गरेको दाबी गरे । नगरपालिकाले दिवा खाजा, निशुल्क पोसाक र बिद्यार्थीलाई खेलमा आबद्ध गराउन विभिन्न प्रतियोगिता आयोजना गरेको स्पष्ट पारे ।

Sunday, December 8, 2019

कालिन्चोक माविका ६ विद्यार्थीलाई छात्रवृत्ति


दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा अध्ययनरत ६ जना विद्यार्थीलाई सुजन–परिता एजुकेसन फाउण्डेसन अमेरिकाले छात्रवृत्ति प्रदान गरेको छ ।
कालिन्चोक माध्यमिक विद्यालय, चरिकोटबाट एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीलाई फाउण्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । ६ जनामध्ये सर्वोत्कृष्ट एक छात्रा र एक छात्रलाई ल्यापटप र जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने अन्य ४